No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शनिबार सत्ता गठबन्धनको बैठक, स्थानीय निर्वाचनबारे निर्णय हुनसक्ने

0

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले तीन नेताबीच भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको जानकारी दिए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच करिब एक घन्टा छलफल भएको थियो । तीन नेताबीच स्थानीय तहको निर्वाचनलगायत अन्य विषयमा पनि छलफल भएको बताइएको छ ।

 

प्रकाशित: १४ माघ २०७८, शुक्रबार ०७:२४

Leave a Reply