No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

५३ लाख हिनामिना गर्ने वडासचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0

काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर दुईमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख रकम हराएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार विशेष अदालतमा वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुसँग ५३ लाख बिगो असुलउपर र सजायको माग गरिएको अख्तियारले जनाएको छ । पञ्चकन्या–२ को वडा कार्यालयबाट २४ चैत २०७७ मा रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएको थियो ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार ०९:२८

Leave a Reply