No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

६८२७ जनामा कोरोना संक्रमण, १० को मृत्यु

0

काठमाडौं । नेपालमा थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९४४०७४ पुगेको छ । त्यस्तै ५४३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४२४३६ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६९७ पुगेको छ । क्वारेन्टाइनमा १३९ जना छन् भने आइसोलेसनमा ८९९४१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार १०:४४

Leave a Reply