उपत्यकामा सार्वजनिक सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली हट्यो

१४ माघ २०७८, शुक्रबार १४:०८

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली हटेको छ । शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार मध्यरातदेखि लागू हुनेगरी यो निर्णय भएको हो ।

यसअघि शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए अनुसार यो निर्णय भएको हो।