No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सन् २०२१ मा स्पेनको अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि

0

स्पेनको अर्थतन्त्र सन् २०२१ मा पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारको एक वर्षअघिको लक्ष्यभन्दा यो वृद्धि केही तल देखिएपनि यसलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले सन्तोषजनक भनेको छ ।

सरकारले सन् २०२१ मा कूल गार्हस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो यद्यपि पाँच प्रतिशतको वृद्धि पनि यूरोजोनको सबैभन्दा खराब नतिजामध्ये एकमा परेको स्पेनका लागि सन्तोषजनक मानिएको हो । सन् २०२० मा स्पेनको कूल ग्रार्हस्थ उत्पादन अघिल्लो बर्ष (सन् २०१९)का तुलनामो झन्डै ११ प्रतिशतले घटेको थियो ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार १६:३४

Leave a Reply