कोभिड रोगको नाममा विश्व राजनीतिक आतंक

१५ माघ २०७८, शनिबार ०२:३२
हेम विक्रम सिलवाल ।
अमेरिकी कांग्रेसका सांसद मार्जोरी टेलर ग्रीनले संसदमा माक्स नलगाए बापत हालसम्म 90 हजार अमेरिकी डलर फाइन तिरेकी छिन् । त्यसैगरि बोस्टन शहरको डेभिड फरगुसन ले पनि भ्याक्सिन को विरोध गरेका छन् । भ्याक्सिन विश्व व्यापि फैलिएको कोभिद १९ को खोप नलगाए बापत फाइन तिर्दा पनि हुने भन्ने कस्तो खालको महामारि हो ? नान्सी पेलुसी अमेरिकन सभामुख ले पटक पटक आग्रह गर्दा पनि भ्याक्सिन लाउन इन्कार गरिरहेकी छिन । उनी ३ बच्चाकी आमा हुन् । र उनी कट्टर कृश्चियन पनि हुन । आज संसारभरि यस महामारिको विरोध गरिरहेका छन् भने कृश्चियन धर्मावलम्विहरुले मात्र गरिरहेका छन् । वान वर्ल्ड अर्डर को षडयन्त्र कृश्चियन धर्मावलम्विहरुले बुझेका छन् । उदाहरणको लागि यूरोप लगायत अमेरिका का विभिन्न राज्यमा कोभिड को विरुद्धमा आम विरोध प्रदर्शन गरिरहेका छन् । अफ्रिका जस्तो मुलुकमा अनिवार्य लकडाउन गरिएको छैन । अमेरिका मै भर्जिनिया राज्यमा एकजना महिला किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने महिला लाई भ्याक्सिन नलगाई अस्पतालले अपरेशन गर्न नमान्दा त्यसै घर फर्किनु पर्यो । यी महिलाले ठाडै कोभीड भ्याक्सिन लगाउन इंकार गरिन् । हाले अमेरिकाको मायामि शहर बाट लन्डन उडेको प्लेन १ घण्टा पछि मायामि मै फर्कनु पर्यो । कारण, त्यस्मा एकजना पेसेन्जरले मास्क लगाएका थिएनन् ।
अमेरिकन सरकारले अनिवार्य भ्याक्सिन गर्ने भनिएको नियमलाई सर्वोच्चले खारेज गरेको छ् । मित्र राष्ट्र भारतमा पनि मोदी सरकारले दिएको अनिवार्य भ्याक्सिनको निर्णयलाई पनि भारतको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । जुन हिसाबले WHO मार्फत मेडिकल माफिया मार्फत अनिवार्य भ्याक्सिन भनेर मानवता विरुद्ध आतंक फैलाई विश्व अर्थतन्त्रलाई नियन्त्रण गर्ने प्रपञ्च साथ अघि बढेको स्पष्ट बुझिन्छ । कोभिडको नाममा औषधि पारासिटामोल तथा एन्टी बायोटिक मात्र ख्वाइएको छ । सामान्यत मानव जातिलाई ऋतु अनुसार रुघा खोकी ज्वरो आउनु अनिवार्य हुन्छ । यो कोभिड -१९ पनि यही रुघा खोकी कै अर्को रूप हो ।
आज जुन हिसाबमा वैदिक सनातनि चिकित्सा प्रणाली अनुसार परापूर्वकाल देखि आयुर्वेद पद्धति अनुसार औषध उपचार गर्दै आएको नेपाल र भारत लगायतका आयुर्वेद वैद्यहरू र धार्मिक गुरुहरू एक शब्द पनि बोलेका छैनन् । W HO ले जे भन्यो लुरुलुरु मानिरहेका छन् । र भारतमा धर्मको आधारमा उदय भएको भाजपाका प्रधामन्त्री दामोदर दास मोदी आयुर्वेद पद्धति कुरा गर्दा कहिले नथाक्ने मान्छे आज आएर मौन किन छ ? संसारमा सबैभन्दा कमजोर वैदिक सनातनी हिन्दूहरू देखिए । पश्चिमा कृश्चियनहरू कोभीड भनेको षडयन्त्र भनि विरोध जनाई रहेका छन् ।
स्वीडेनका राष्ट्र प्रमुखले बाह्रबर्ष मुनिका बालबालिकालाई अनिवार्य खोप नलगाउन निर्देशन दिएका छन् । हाम्रो देश नेपालमा ९४% ओमकार भनेर कोही थाक्दैनन् । ८२% तागाधारी भनेर पनि थाक्दैनन् । न देशलाई धर्मनिरपेक्ष गर्दा सडकमा आउँछन् । नेपाल देश जडिबुटीको धनी देश भनेर पनि थाक्दैनन् । कुनै पनि धर्मगुरुहरू कोभिड १९ का विरुद्धमा विचार विमर्श पनि गर्दैनन् । यो रोग हो की षडयन्त्र भनेर खोजनीति पनि गर्दैनन् । मेडिकल माफियाको चंगुलमा नेपाल सरकार चुर्लुम्म डुबेका छन् । जनतालाई हतोत्साहीत हुने खालका विज्ञापन प्रचार प्रसार गरेर बस्ने बाहेक नेपाल सरकारको केही काम छैन । लकदाउन गरेर जनताको रोजीरोटी जीविकोपार्जन कसरी गर्ने गराउने भन्ने विषयमा पनि कुनै सोच विचार छैन । WHO ले जे जे भन्यो सो मान्यो ।
आज विश्वमा नास्तिकता र आस्तिकता बीचको ठूलो लड़ाई छ । जसले ईश्वर प्रति विश्वास गर्दैन र विज्ञान र आधुनिकतालाई मात्र पछ्‌याउँछ त्यसबीचको विश्वव्यापि लड़ाई अथवा शीतयुद्ध शुरू भयो । हाम्रो देश हरियो बन नेपालको धन भनी कृषिप्रधान देश भनियो । आज मुलूकका उर्वर भूमिहरू बाँझा छन् । राज्यले कृषिमा कुनै क्रान्ति ल्याउन सकेन । हामी भान्सामा आवश्यक नुनतेल खाद्यान्न सागसब्जी धनियाँ फलफूल सम्पूर्ण कुरामा परनिर्भर हुन बाध्य छौं । सत्ता संचालकहरु आफ्नो कुकर्म लुकाउन अनि जवाफदेहीताबाट भाग्न लकडाउन लाई राजनीतिक पार्टीहरूले हथियारको रूपमा प्रयोग गर्दै आएका छन् । भ्याक्सिनको व्यापारलाई मेडिकल माफिया मार्फत दलाली गरिरहेका छन् । जनतालाई विकल्प दिनुको सट्टा यो त्यो बहानामा शैक्षिक संस्था ‘ उद्योग धन्दा बन्द गराई आफ्नो गोरख धन्दा गरिरहेका छन् । धार्मिक संघसंस्थाहरुको त कुनै भूमिका रहेन ।
अब यस अन्तरराष्ट्रिय षड्यन्त्र विरुद्ध नागरिक आन्दोलन गर्नु को विकल्प छैन । हरेक सचेत नागरिकले कोभिड उपर भैराखेको षडयन्त्र बुझ्नु आवश्यक छ । जय गोरख !!!
संयोजकः हेम विक्रम सिलवाल
स्वतन्त्र नागरिक समाज
पाटनढोका, पीपलबोट, ललितपुर ।
May be an image of 1 person, standing and text that says 'सान्सद मार्जोरी तेलर ग्री'