बलुचिस्तानमा बन्दुकधारीको आक्रमणमा परी चार जनाको मृत्यु

१५ माघ २०७८, शनिबार ०७:०४

बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बन्दुक आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । मृत्यु हुनेमा बाबु र छोरा रहेका छन् । यसअघि जनवरी २४ मा पनि अज्ञात आक्रमणकारीले लाहोर प्रेस क्लब बाहिर हुसैन शाह नामका एक अपराध संवाददातालाई गोली हानी हत्या गरेका थिए।