No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बारको आन्दोलनमा चोलान्तेहरु प्रतिकारमा उत्रेको पूर्वन्यायधिवक्ता श्रेष्ठको आरोप

प्रधानन्यायधिश जबराको राजीनामा नै बार आन्दोलनको बटमलाईन

पूर्व न्यायधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायधिश चोलेन्द्र शम्शेर राणाको राजीनामा बाहेक नेपाल वारको आन्दोलनको अन्य निष्कर्ष हुन नसक्ने बताउनु भएको छ । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम बहसमा न्यूजचिफ सूर्य खड्कासंगको अन्र्तवार्तामा वरिष्ठ अधिवक्ता तथा पूर्व न्यायधिवक्ता श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
पूर्व न्यायधिवक्ता श्रेष्ठले सरकारले न्यायलय परिसरमा प्रहरी हस्तक्षेपको विरोध गर्दै प्रधानन्यायधिश राणाले भाडाका मान्छे वारको आन्दोलनमा प्रतिकारमा उतारेको आरोप पनि लगाउनु भएको छ । पहिला पहिलाका आन्दोलनमा मण्डले, भिजलान्ते भने जस्तै अहिले प्रधानन्यधिशको पक्षमा चोलान्तेहरु बारको आन्दोलनको प्रतिकारमा उत्रेको आरोप पूर्वनयायधिवक्ता श्रेष्ठले लगाउनु भएको हो । नेपाल बारका पूर्व महासचिव समेत रहनु भएका श्रेष्ठले बारको आन्दोलनबाट घुसपैठियाहरुलाई अलग नगरे परिणाम नराम्रो हुने चेतावनी पनि दिनु भएको छ ।

न्यूज नेपाल टेलिभिजनमा हालै प्रशारित पूर्वन्यायधिवक्ता श्रेष्ठको अन्र्तवार्ताको पूर्ण विवरण तलको लिंकमा छः

https://www.youtube.com/watch?v=0l-WefGkaLw&list=PLP5ekWXKweBxb7DXFf_1QnTF2RPlp4-wh

प्रकाशित: ६ मंसिर २०७८, सोमबार १८:१९
Comments
Loading...