No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्थानीय तहको निर्वाचन जेठमा गर्न सरकारलाई सत्ता गठबन्धनको सुझाव

0

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए । मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव दिएको पनि उनले बताए ।

 

प्रकाशित: १५ माघ २०७८, शनिबार १३:००

Leave a Reply