निर्वाचनको मिति घोषणाको माग गर्दै आन्दोलन अघि बढाउन जनसंगठनहरुलाई एमालेको आह्वान

१५ माघ २०७८, शनिबार १५:४३

काठमाडौं । नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी वैशाखभित्रै निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

शनिबार बसेको संयन्त्रको बैठकले स्थानीय तहका प्रतिनिधिहरु निर्वाचित भएको मितिले पाँच वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था भएकाले वैशाखभित्रै निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले सरकारलाई निर्वाचन नगरी स्थानीय तहलाई जनप्रतिनिधिविहीन नबनाउन आग्रह गरेको छ । बैठकले ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने नाराको साथमा आन्दोलन अघि बढाउन जनसंगठनहरुलाई आह्वान गरेको छ ।