राष्ट्र रक्षाको महासंग्राम अब अपरिहार्य भैसक्यो

१५ माघ २०७८, शनिबार १६:५५
एसपी शाह, सारथि ।
शीर्षक: देशले नेपाली सपुतहरूको आवश्यकता फेरि महसुस गरि रहेको छ।
•••
सम्पूर्ण मुक्ती योद्धा महासँग्राम लड्नु छ
दाजुभाई दिदिबहिनी सबलाई भन्नू छ
लिपुलेकमा डोजर कुद्यो ,टनकपुरमा रेल कुद्यो
महाकालीमा अत्याचार जयसिंह धामी मारियो
टनकपुर लिपु लिम्पियाधुरा सबै हाम्रै हो
सबै सबै निल्यो
लिम्पियाधुरा विस्तार गरी कालापानी पनि मिच्यो
अनि संगठित हुदैछ राष्ट्र रक्षक महासंग्राम ! देशभक्ती प्रधान मान्ने समूह ! मुलुकको समुन्नतिका खातिर आवाज बुलन्द गर्न सन्चार र भूगोलबाट संगठित हुनु अपरिहार्य भैसकेको छ ।पार्टीको सदस्यता बाट होइन राष्ट्रको रक्षा पहिलो भन्ने मान्यता सँग जोडिएर देशभक्त युवासँग विविध विचार र सिद्धान्तहरुसँग राष्ट्र रक्षाको अपिल गर्दै आउदैछ । मुलुकको सिमाको मुद्दा सबैले सन्चारबाट मात्रै उठाए ।भौतिक रुपमा सिमास्तम्भसम्म पनि केही अभियन्ताहरु पुगे तर त्यहाँ बिदेशी एसएसबी सँग बहस गर्न नभै आफ्नो मुलुकको सिमास्तम्भ यथास्थानमा सार्न जान सक्ने साहसहरुको अभावमा राष्ट्र रक्षक महासँग्राममा समाहित युवाहरुले ती स्थानहरुमा सारिएका पिल्लर उपर बहस होइन ,सन्चारबाट उदाएर भूगोलमा समाप्त हुन पनि तयार बलिदानी मनहरु आजको सिमा रक्षाको विकल्प किन भयो भने नेपाली सेनाहरुले सिमामा गएर पहरा दिन सकेनन् ।हामी रगत पोखेर भए पनि हाम्रो सिमाका मुद्दालाई फिल्ड बाट उठाउने मनका साथ संगठित हुदैछौं। जोडिन चाहनुहुन्छ हाम्रो पेजमा ,हामी सँग ?? हाम्रो नेपालमा हाम्रै नेपाली मन सँग ,हिमाल पहाड र तराईका आमाबुवा ,दिदिबहिनी ,दाजुभाईको साथ संगसंगै महासंग्राम राष्ट्र रक्षाको मर्म बमोजिम !
नेपाली मन दुख्दा विदेशी मनलाई के दुख्छ र
महाविपतमा पनि नाकाबन्दी खेपेको देशले
अत्याचार सहेर वीर गोर्खालीका आत्माहरुलाई भड्काउनु हुदैन भन्ने मान्यता विपरित ,धर्ममा सत् कर्म भएन भने छिमेकले अपराध र अन्याय गर्छ तर स्वदेशको शासक खोपाको देवता भईरहनुको वजह ,आगो लागेको घरमा पानी नखन्याएर ,ननिभाएर मिटिङ ,सभा,समारोह र महोत्सवका रमाईलाहरुमा अभ्यस्त सरकारले गर्दा जय सिंह धामीलाई न्याय दिन सकेन । जय सिंह धामीहरुलाई न्याय दिनको लागि सिमाका पिल्लर यथास्थानमा सारेर हामी जस्तै मुद्दा खेप्न तयार छौं। सरकारले त्यो अवस्थामा पनि हामीलाई थाहा छ दमन गर्न सक्छ । भारतीय दुतावास र मन्त्रालय विच धेरै फोनकलहरु हुन सक्छन् ! अन्याय सहनु पाप हो भन्ने सन्देशमा विश्वले मुख खोल्ने छ र भन्नेछ ,”राष्ट्र रक्षाको महाँसग्राम अब🙏🙏🙏🙏अपरिहार्य भैसक्यो,” जय देश”🙏🙏🇳🇵🇳🇵
    • साभारः साथिकाे फेसवुकबाट ।