No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रष्टै भनौ न, हारेका राजाले छ्युँ गर्दा पनि सातो जान्छ वर्तमान सत्ताधारीहरूको !

0

( सन्दर्भमा राजालाई हरायौँ भन्नेहरू र ओलीलाई बालकोट धपायौँ भन्नेहरू र अव ५० वर्षलाई काङ्ग्रेसको भविष्य छैन भन्नेहरू)
केशवप्रसाद भट्टराई ।
१. लेखिएको इतिहास मात्रै इतिहास होइन, नलेखिएको इतिहास पनि इतिहास हो । कितावमा नलेखिदैमा इतिहास नहुने होइन । बरू लककखिएका इतिहासहरू इतिहास नहुन सक्छन् र नलेखिएका इतिहास भने वास्तविक इतिहास हुन सक्छन् ।
२. इतिहास जित्नेले लेखाउँछ । आफ्नो प्रशंसामा आफूले भर्ना गरेका जागिरेहरूबाट लेखाउँछ ।

.एक जना विख्यात जर्मन इतिहासकार छन् –रेनहार्ट कोसेल्लेक । उनी इतिहास कार मात्रै होइनन् इतिहास दर्शनका पण्डित पनि हुन् । उनको भनाईमा विजेताले लेख्ने र लेखाउने इतिहासको आयु छोटो हुन्छ क्ष् उनीहरूको विजय पनि अल्पकालिक हुन्छ । तर दीर्घकालमा भने जो पराजित हुन्छन् इतिहासले उनीहरूलाई मान्दछ । इतिहास भनेकै उनीहरूको हुन्छ ।
इतिहासको ज्ञान नै उनीहरू हुन् । जित्नेले इतिहास लेख्छ –लेखाउँछ तर इतिहास हार्नेको लेखिन्छ । उसको हारबाट इतिहास बन्छ । उसका कमी र कमजोरीहरू उसको हार सँगै अन्त्य हुन्छन् –अनि उसका असल र राम्रा पक्षको खोजी हुन्छ ।

४. एक त जित्नेहरू जितको नशामा गति छाड्न शुरू गर्छन् । त्यो सँगै जित्नेका कमी –कमजोरीहरू उधिनिन शुरू हुन्छन् । अनि जो पराजित हुन्छ–उसको विजय यात्रा आरम्भ हुन्छ ।
त्यो विजय यात्रा यथार्थमा रुपान्तर नहोला पनि । तर उ इतिहासको नायक भने बन्छ । नेपालको इतिहास यसो केलाएर हेरौँ त । १०–२० वर्ष यताकै इतिहास बारे मनन गरौँ त !

५. इतिहास– पुराणले पनि भन्छ । राजा नभएका, राजा हुन्न भन्ने भीष्मको प्रतिज्ञाबाट महाभारत शुरू हुन्छ । पराजित भीष्मसँग राजधर्म को शिक्षा लिन विजयी युधिष्ठिर जान्छन् । पराजित कर्ण विजयी अर्जुन भन्दा श्रेष्ठ वीर मानिन्छन् । वनबास पहाइएका रामबाट रामायण बन्दछ । युद्धमा पराजित रावणलाई गुरू थापी शिक्षा लिन रामले लक्ष्मणलाई पठाउँछन् ।
दुःख नै दुखमा, अपहरित र परित्यक्ताको जीवन विताएकी सीताजी जगतकी माता बन्छिन् ।
रावण विना पनि रामायण लेखिन्न । भीष्म, द्रोण र कर्णले अर्जुनको वीरतालाई प्रमाणित गरिदिन्छन् ।

६. प्रष्टै भनौ न , हारेका राजाले छ्युँ गर्दा पनि सातो जान्छ वर्तमान सत्ताधारीहरूको । अहिलेको तातो विवादलाई हेरौँ – स्थानीय चुनावको समय आयो तर कहाँ लुक्दा चुनावबाट भाग्न सकिन्छ भनेर दौडिएका दौडियै छन् । ओलीलाई बालकोट धपायौँ भन्छन् – ओलीले बालकोटबाट कुर्लदा कोटेश्वर र सात दोबाटो तिर भूकम्प जान्छ । ५० वर्षलाई खेदिएको भनिएको काङ्ग्रेसको शरण नपरी कसैको राजनीतिमा घामको झुल्को नपर्ने अवस्था छ ।

प्रकाशित: १६ माघ २०७८, आईतवार ०४:०८

Leave a Reply