No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

0

इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरेका छन् ।

उनको कार्यकाल फेब्रुअरीको शुरुमा सकिँदै थियो । इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपील गरेपछि यो नतिजा सम्भव भएको हो ।

यद्यपि मटारेलाले दोस्रो कार्यकालका भने लागि चासो देखाएका थिएनन् । यसअघि शनिबार मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि “परिस्थितिलाई ध्यानमा राख्दै“ फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका थिए । यसअघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन ।

प्रकाशित: १६ माघ २०७८, आईतवार ०६:१६

Leave a Reply