No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डेढ करोडको नक्कली मदिरासहित काठमाडौंबाट चार जना पक्राउ

0

काठमाडौं । प्रहरीले भारतबाट आयातित ठूलो मात्रामा नक्कली मदिरा बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नक्कली रेड लेबल, चिभास र अस्सुलुट भोड्का बरामद गरेको हो । काठमाडौंको रामकोट, बानेश्वर र कपन क्षेत्रबाट २९६ कार्टुन मदिरा बरामद गरिएको हो । महाशाखाले चारजनालाई पक्राउ समेत गरेको छ ।

बरामद मदिराको बजार मूल्य एक करोड ५० लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्साका सन्तोषचन्द्र बख्रेल, काठमाडौंका शैलेन्द्र पन्त, पर्साका रवीन पाख्रिन र सर्लाहीका नारायणप्रसाद घिमिरे छन् ।

प्रहरीले बरामद भएको मदिराको गुणस्तर समेत परीक्षणका लागि पठाएको जनाएको छ । भारतीय र नेपाली नागरिकको मिलेमतोमा सो मदिरा भारतबाट नेपाल भित्राउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । मदिरा पार्टी प्यालेसमा बढी बिक्री गर्ने गरेको खुलेको महाशाखाले जनाएको छ ।

 

प्रकाशित: १६ माघ २०७८, आईतवार ०६:४३

Leave a Reply