No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ट्रक चालकहरुको प्रदर्शनका कारण क्यानडाका प्रधानमन्त्री घर छाड्न बाध्य

0

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले कोरोनाभाइरस प्रतिबन्धको विरूद्ध ट्रक चालकको विरोधका कारण राजधानी शहरमा रहेको आफ्नो घर छोडेको क्यानाडाली सञ्चार माध्यमले जनाएका छन् ।

ट्रूडो र उनको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको थियो । सीबीसीले जनाएअनुसार ट्रुडो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानरसहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका थिए ।

यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड–१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए । सीबीसीका अनुसार आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको छ।

प्रकाशित: १६ माघ २०७८, आईतवार ०८:०९

Leave a Reply