No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वैदेशिक रोजगारका समस्या सम्बोधन गर्न श्रम मन्त्रालयमा कल सेन्टर स्थापना

0

काठमाडौं । सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सिंहदरवारस्थित श्रम मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै कल सेन्टरको उद्घाटन गरेका छन् ।

कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई गर्नका लागि ११४१ र १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने [email protected] इमेलको पनि व्यवस्था गरिएको छ । वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैंले कल सेन्टर स्थापना गर्नु परेको मन्त्री श्रेष्ठले बताए ।

उनले कल सेन्टरमा गुनासो आउनेवित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री श्रेष्ठले करिव एक महिनायता भिजिट भिसामा गएकाहलाई विचौलियाहरुले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुनेगरी काम गर्न पनि कल सेन्टरको आवश्यकता महसुुस गरिएको बताए ।

६ जना कर्मचारीले कल सेन्टरबाट २४ सै घण्टा सेवा दिनेछन् । मन्त्रालयका सचिव एकनारायण अर्यालले बैदेशिक रोजगारीमा गएकाहरुको गुनासो सुनुवाई गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् ।

प्रकाशित: १६ माघ २०७८, आईतवार ०८:४९

Leave a Reply