नेपाल बारले भन्यो-कुनै पनि बहानामा चुनाव पर धकेल्ने काम नहोस्

१६ माघ २०७८, आईतवार ०९:४७

काठमाडौं । नेपाल बार एसोसिएसनले संविधान र प्रचलित निर्वाचन कानुनका आधारमा तीनै तहको चुनाव हुनुपर्ने बताएको छ । आइतबार बारका महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गरी कुनै पनि बहानामा चुनाव पर नधकेल्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।’