अवैध मुद्रासहित पाकिस्तानी पक्राउ

१६ माघ २०७८, आईतवार १३:३७
काठमाडाैँ । प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो । उनको झोलाबाट साउदी रियाल ४७ हजार १५०, युएई दिराम ४००, ओमानी रियाल ५ दशमलव ५ लगायतका मुद्रा बरामद गरिएको थियो । अभियुक्तलाई आज थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।