No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘आजको विन्दुसम्म प्रधानमन्त्रीले गठबन्धन तोड्ने कुरा गर्नुभएको छैन’

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने कुरा सत्य नभएको बताएका छन् । आइतबार राति सामाजिक संजालमार्फत श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य नभएको बताएका छन् । विभिन्न संचारमाध्यममा एमसीसी पारित गर्न गठबन्धनमा सहमति भयो भन्ने खबर सार्वजनिक भएपछि श्रेष्ठको यस्तो भनाई आएको हो ।

उनले भनेका छन्, ‘कुनै भ्रममा नपरौं ; प्रधानमन्त्री देउवाले एमसीसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन । हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहन्छ । साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसको निम्ति दृढ रुपमा प्रतिबद्ध छ । हाम्रा लागि अन्य सबै बिषय त्यस मातहत रहनेछन् ।’

IFrame

प्रकाशित: १६ माघ २०७८, आईतवार १५:३६

Leave a Reply