No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एक किलो आठ ग्राम अवैध सुनसहित एक पक्राउ

0
पाेखरा । प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरेको हो । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार पोखरा–१५ रामबजारका २५ वर्षीय रमेशलाई चारपाटे बिस्कुट आकारको एक केजी आठ ग्राम सुनसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुन्दर तिवारीले जानकारी दिए । निजका साथबाट विभिन्न बैंकका तीन थान चेकबुकसमेत बरामत गरिएको जनाइएको छ । निजलाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको उनले जानकारी दिए ।
प्रकाशित: १६ माघ २०७८, आईतवार १५:४५

Leave a Reply