No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राप्रपामा पदाधिकारी तथा विभिन्न विभाग प्रमुख थपियो

0
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायतका पदाधिकारीहरु थप मनोनयन गरिएको छ। राप्रपाको पार्टी विधान बमोजिम उपाध्यक्ष दुई जना हेमराज गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्री दुई जना राजेन्द्र गुरुङ र प्रहलाद प्रसाद शाह, सह–महामन्त्री सात जना मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रविन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित भएका छन्। यसैगरी, प्रवक्तामा चार जना भक्तिप्रसाद यादव, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित भएका छन् । राप्रपा सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेश कुमार साह र पूर्णबहादुर चन्द मनोनित भएका छन्। राप्रपा सहायक सह–महामन्त्री छ जना रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राई मनोनित भएका छन् । राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँहरुलाई विभिन्न पदमा मनोनित गरेका हुन् । राप्रपाले प्रेस विज्ञप्तिमार्फत पनि पदाधिकारी तथा प्रमुखको नियुक्तिबारे जानकारी दिएको छ।
 
प्रकाशित: १६ माघ २०७८, आईतवार १६:०४

Leave a Reply