No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसी सम्झौता आलटाल नगरी पारित गरौंः बाबुराम भट्टराई

0

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाईले एमसीसी सम्झौता आलटाल नगरी पारित गर्नुपर्ने बताएका छन् । सोमबार सामाजिक संजालमार्फत भट्टराईले सबै एकमुख भर जनतालाई एमसीसीबारे बुझाउनुपर्ने बताएका हुन् ।

उनले यही बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुनेसमेत बताएका छन् । उनले भनेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाउँ ! यही बहानामा प्रतिगमन विरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् ! शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् !’

 

प्रकाशित: १७ माघ २०७८, सोमबार ०३:४८

Leave a Reply