No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

३०५ जनालाई कोरोना संक्रमण, २३२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २३३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या ७३६९ रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित: ८ मंसिर २०७८, बुधबार ११:०५
Comments
Loading...