No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अनलाइन जुवा खेल्ने खेलाउने ७४ जना एउटै रेष्टुरेन्टबाट पक्राउ

0

काठमाडौं । प्रहरीले काठमाडौंमा अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । बौद्धस्थित एउटै रेस्टुरेन्टबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन् । दोलखा घर भई हाल नयाँबानेश्वर बस्ने सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको जनाएको छ ।

 

 

प्रकाशित: १७ माघ २०७८, सोमबार ०६:०१

Leave a Reply