No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री, दलका नेता र सांसदहरुलाई भीम रावलको स्मृति पत्र(पूर्णपाठसहित)

0

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले संविधान र लोकतन्त्रको रक्षाको निम्ति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएकोले निर्वाचन गराउनु सरकारको दायित्व भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुल्ला स्मृति पत्र सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

रावलले जारी गरेको १२ पृष्ठ लामो स्मृति पत्रमा भनिएको छ–“तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधानविपरित दुई दुई पटक प्रतिनिधिसभा विघटन र संवैधानिक परिषद्सम्बन्धी ऐन स्वेच्छाचारी किसिमले अध्यादेशबाट संशोधन गरी संविधान र लोकतन्त्रमाथि नै प्रहार भएकोले त्यसलाई रोकी संविधान र लोकतन्त्रको रक्षाको लागि वर्तमान सरकार गठन भएको हो । यस दायित्वलाई आत्मसात् गर्दै निर्वाचन गराउनु सरकारको जिम्मेवारी हो । यसबाहेक एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने जनादेश र गठबन्धन सरकारको साझा सहमति सरकारलाई प्राप्त छैन् । यसरी जनादेश र गठबन्धनको सहमतिको कार्यक्रमविपरित एमसीसी सम्झौता अनुमोदन गर्ने अधिकार सरकारलाई छ र ? जबरजस्ती गर्नु अनुचित र अनैतिक कार्य हुन्छ ।”

प्रकाशित: १७ माघ २०७८, सोमबार १०:१२

Leave a Reply