No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निरपेक्षताकाे नीति र धर्मकाे खेती अनि भ्रम

धर्म प्रति वितृष्णा जगाउने र विश्वभरका जनतालाई नास्तिकवाद तिर उन्मुख गराउने र पूर्वीय दर्शनअन्तर्गतको भाइचारकाे सम्बन्धलाई भत्काउने र टुटाउने कार्य दिनानुदिन जारी छ ।

0
हेम बिक्रम सिलवाल ।
आजभन्दा आठ/नौ सयवर्ष अगाडि फ्रान्सेली क्रान्तिले संसारबाट राजा हटाउने र धर्म माथि आक्रमण गर्ने रणनीति थाले । सन् २०१६ सम्म आइपुग्दा बल्ल अमेरिकाका जनताले याे कुरा विस्तारै बुझ्न थाले । अमेरिकामा पनि धर्म र राष्ट्रियतामाथि आँच आएका जनताले महसुस गर्दै थिए । त्यसै बखत (२०१६ मा) अमेरिकी राष्ट्रपतिय निर्वाचनको दौरानमा जनताकाे भावना बुझी उम्मेदवार डाेनाल्ड ट्रमले “मैंले जितेँ भने मेरी क्रिसमस भन्न पाउने छौ” भन्दै “मागा-क्याम्पियन” अगाडि सारे । यही नाराले सक्कली राष्ट्रवादीहरूले आफ्नाे पहिचान स्थापित हुने आशाले ट्रमलाई जिताए । त्यसभन्दा अघि अमेरिका लगायतका पश्चिमा राष्ट्रहरूमा विस्तारै विस्तारै धर्म र पहिचान झल्किने क्रुस लगाउन र गड भन्न स्कुल र कार्यालयहरूमा प्रतिबन्ध गरिएकाे थियाे । फ्रान्सेली रिभाेलुसन पछि युराेपियन राष्ट्रहरू धर्म निरपेक्ष अर्थात् भौतिक कर्पाेरेटवादमा अघि बढिरहेका थिए । २०१६ मा ट्रम राष्ट्रपतिमा निर्वाचित भएपछि शपथ ग्रहण समारोह क्रिस्चियन धर्मगुरुका साथै अन्य धर्मगुरुहरूकाे उपस्थितिमा धार्मिक परम्परा अनुसार सम्पन्न गर्दा अमेरिकन जनता त खुसी भए तर माइग्रेटहरू भने ट्रमकाे नीति प्रति असन्तुष्ट हुँदै गए । दाेस्राे कार्यकालकाे निर्वाचनमा ट्रमलाई तिनै माइग्रेटेटहरूले हराए ।
राष्ट्रवादी भावना, धार्मिक गतिविधि राेक्ने प्रपञ्च जारी छ । बेलायतमा बीस वर्षदेखि काम गर्दै आएकी एकजना सरकारी अस्पतालका नर्सलाई धार्मिक पहिचान झल्किने लकेट प्रशासनले फुकाल्न वा छाेपिने गरि लगाउन आग्रह गर्दा मानिनन् र जागिरबाट हात धुनु पर्याे । उनी अदालत गइन् र चार वर्षपछि पुनर्बहाली भयाे ।
हालसालै युराेपियन युनियनकाे संसद्मा अब उपरान्त मेरी क्रिसमस भन्न/मनाउन नपाइने र त्यसकाे सट्टा हाेली डे भन्ने प्रस्ताव पेश भयो । तर त्यस विरूद्ध भेटिकन सिटिसँग मिलेर केही युराेपियन राष्ट्रले विराेध गरेपछि त्याे बिल फिर्ता भयो ।
आज नेपालमा धर्मान्तरण गर्न पश्चिमा लगायत अमेरिकाबाट ठूलो आर्थिक सहयाेग छ भन्ने भ्रम छ । ति पश्चिमा राष्ट्रहरु वान वर्ल्ड अर्डर मार्फत पहिला क्रिस्चियन मिसिनरिकाे अन्त्य गरी युराेपलाई निरपेक्ष बनाएपछि सबभन्दा शक्तिशाली वैदिक सनातन हिन्दू धर्म प्रति आक्रमक हुँदैछ ।
यही चलखेल नेपालमा पनि अन्तर्गत ०६२/०६३काे आन्दाेलन मार्फत विघटित प्रतिनिधिसभा राजाद्वारा पुनर्स्थापना गर्न लगाइ त्यही पुनर्स्थापित सभा मार्फत षडयन्त्र पूर्वक राजसंस्था हटाइ धर्म निरपेक्ष बनाइयो । आजपर्यन्त नेपालका नेता, बुद्धिजिवी, धर्मगुरु, आम जनता पश्चिमा राष्ट्रहरुले क्रिस्चियन धर्म फैलाउन, धर्मान्तरण गर्न ठूलो लगानी गरेकाे भ्रममा परेका छन् । अमेरिका लगायत युराेपियन राष्ट्रहरूमा धर्ममाथिकाे प्रतिबन्ध लगाइ सके, अर्थात् त्यहाँ अब कुनै पनि धर्म छैन । यही कुरामा मतभेद भएपछि बेलायत युराेपियन युनियनबाट अलग्गियाे । तर नेपालका धार्मिक क्षेत्र र बुद्धिजीवीहरू पश्चिमाहरूले हामीलाई क्रिस्चियन बनाउँदै छन् भने भ्रममा छन् । २०७२ काे संविधान अक्षरस कार्यान्वयन हुँदै जाने हाे भने नेपालमा कुनै धार्मिक गतिविधि गर्न नपाइने छ । यस कुरामा सचेत हुन जरूरी छ ।
वान वर्ल्ड अर्डरकाे षडयन्त्र काेभिड-१९ मार्फत मेडिकल माफियाहरूलाई प्रयोग गरी संसारकाे अर्थतन्त्र आफ्नाे कब्जामा लिने रणनीति हाे । नास्तिक कर्पोरेटेटवाद मार्फत विश्वलाई धर्म भनेकाे केही हाेइन, भौतिक सुख;-सुविधा नै सबथोक हाे भन्ने भ्रम छर्ने एउटा दरिलाे टुक्का हाे । उदाहरणका लागि काेराेनाका नाममा मन्दिर, गुम्बा, चैत्य, मस्जिद र चर्च प्रयोग गर्ने राेक लगाइनु । डब्लु एच आेले जे जे भन्याे एसियन राष्ट्रहरूले कुरै नबुझी, प्रतिवाद नै नगरी मान्दै आए र जे दियाे त्यो लगाउँदै आए । याे राेग हाे वा षडयन्त्र हाे भन्ने विषयमा नेपाल लगायत सार्क मुलुकमा कुनै किसिमले बुद्धि-विवेक प्रयोग भएकाे देखिएन ।
संसारलाई एउटै बनाउने र जाे जहाँ माइग्रेट भएपनि हुने वान वर्ल्ड अर्डरकाे नितिअनुसार आज बेलायतमा गृहमन्त्री भारतीय मुलका, लन्डनका मेयर मुस्लिम र स्वास्थ्य सचिव समेत अन्य मुलुकमा छन् । त्यस्तै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भारतीय मुलका छन् । याे वान वर्ल्ड अर्डरकाे निति विस्तारै संसारभर नपत्याउँदाे किसिमले अनुसरण भइरहेको छ ।
यिनीहरूकाे प्रमुख एजेन्डा भनेकाे राजा, धर्म, राष्ट्रियतालाई कमजाेर बनाउने र मिल्काउने नै हाे । धर्म प्रति वितृष्णा जगाउने र विश्वभरका जनतालाई नास्तिकवाद तिर उन्मुख गराउने र पूर्वीय दर्शनअन्तर्गतको भाइचारकाे सम्बन्धलाई भत्काउने र टुटाउने कार्य दिनानुदिन जारी छ । यस षडयन्त्रका विरुद्ध विश्वभरीका सम्पूर्ण धर्मावलम्बीहरू एकजुट भएर नास्तिकवाद र धर्म निरपेक्ष विरुद्ध संगठित भएर लड्नुपर्ने बेला आएकाले छ ।
जय गाेरख !!!
हेम विक्रम सिलवाल
संयोजक
स्वतन्त्र नागरिक समाज
पाटनढाेका, पिपलबाेट
ललितपुर
May be an image of 1 person, outdoors and tree
प्रकाशित: १७ माघ २०७८, सोमबार ११:१८

Leave a Reply