No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त

0

काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय पनि गरेको छ । बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

२१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । विमल शर्मा चालिसे संयोजकत्वको सम्भाव्यता समितिले यी ठाँउ प्रस्ताव गरेको हो ।

प्रकाशित: १७ माघ २०७८, सोमबार १५:१७

Leave a Reply