No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेशी तोक्ने पूर्ण बैठकको निर्णय

काठमाडौँ । सर्वोच अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेशी तोकिने भएको छ । बिहीबार बसेको सर्वोच्चको पूर्ण बैठकले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमासमेत प्रकाशित भइसकेको छ ।

 

प्रकाशित: ९ मंसिर २०७८, बिहीबार ०९:४९
Comments
Loading...