दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

१८ माघ २०७८, मंगलवार ०६:४३
दाङ । दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य कार्यमा रोक लगाएको जानकारी दिए । त्यस्तै डान्सबार, सिनेमा घर, नाच घर, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजारमा समेत रोक लगाइएको छ ।