क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

१८ माघ २०७८, मंगलवार ०६:५३

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन् – मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु ।

साथै उनले सोही ट्वीटरमा क्यानाडाली नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन् । उनले गत हप्ता आफ्नो एकजना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि ट्वीटरबाटै गराएका छन् ।