No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

0

काठमाडौं । खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार अधिवक्ता सल्लु तिवारी र सविन पोख्रेलले खोप कार्ड नभएकलाई सरकारी सेवा र सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाइएको छ। रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर गरिएको छ । यस्तै निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षीलाई माघ ६ र पुस ३० गतेको निर्णय लागू नगर्नका लागि अन्तरिम आदेशको माग पनि गरिएको छ ।

 

प्रकाशित: १८ माघ २०७८, मंगलवार ०७:५३

Leave a Reply