No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जेठको पहिलो साता स्थानीय तहको निर्वाचनः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार कांग्रेसको बागमती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले जेठको पहिलो साता निर्वाचनको तयारी भइरहेको जानकारी गराएका हुन् ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले जेठको पहिलो साताभित्र निर्वाचन गर्ने तयारी भएकाले निर्वाचनका लागि तयार रहन प्रधानमन्त्रीले निर्देशन दिनुभएको जानकारी दिए ।

ऐन संशोधन गर्न झन्झट हुने भएकाले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको प्रधानमन्त्रीले बताएका थिए । त्यसक्रममा प्रधानमन्त्रीले वर्तमान राजनीतिक अवस्था र पार्टीको बागमती प्रदेशको स्थितिकाबारेमा प्रदेश कार्यसमितिका पदाधिकारीसँग छलफल गरेका थिए ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार ०८:१८

Leave a Reply