No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तिनाउँमा संचालित चुनढुंगा खानीले स्थानीयको माग सम्बोधन नगरे बन्द गर्ने वाइसिएलको चेतावनी

0

पाल्पा । वाइसिएलले तिनाउँ क्षेत्रमा संचालित चुनढुंगा खानीले सरकारलाई रोयल्टी र स्थानीयको माग सम्बोधन नगरे खानी नै बन्द गर्ने चेतावनी दिएको छ ।

यस क्षेत्रमा संचालित खानीहरुले परिमाण भन्दा बढी उत्खनन् गरेको, टिप्परले ओभरलोड बोकेर राजमार्ग र स्थानीयको घरबस्ती जोखिममा राखेको वाइसिएल तिनाउँका अध्यक्ष कमल श्रेष्ठले जानकारी दिए ।

तानसेनमा पत्रकार सम्मेलन गरी वाइसिएलले गाउँपालिकालाई दिनुपर्ने राजश्व नदिएको, स्थानीयको समस्या समाधानमा ध्यान नदिइएको, वातावरणीय प्रभाव मूल्यांकन नभएको, सामुदायिक उत्तरदायित्व पूरा नगरेको आरोप लगाएको छ ।

समस्या समाधानमा गाउँपालिका उदासिन देखिएको भन्दै उसले बुधबार गाउँपालिका घेराउ गर्ने र खानी बन्द समेतका चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

जसअन्तर्गत बुधबार गाउँपालिका घेराउ गर्ने, जनदवाव दिने, चुनढुंगा खानीमा टिप्पर प्रवेश रोक गर्ने, टिप्पर खानी नै बन्द गर्ने लगायतका कार्यक्रमहरु सुरु गरेको छ । वाइसिएलले आफ्नो आन्दोलनमा सहयोग गर्न र प्राकृतिक दोहन रोक्नमा सहयोग गर्न राजनीतिक दल, पत्रकार, नागरिक समाज सबैमा आग्रह समेत गरेको छ ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार ०९:३०

Leave a Reply