No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आयोग र सरकार आगामी जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सहमत

0

काठमाडौँ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ । मंगलबार प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा सरकार र आयोगबीच आगामी जेठ ४ गते बुधबार एकै चरणमा निर्वाचन गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगका पदाधिकारीले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने बताएका थिए ।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार ११:०४

Leave a Reply