No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल र भारतबीच दार्चुला–धार्चुला जोड्ने पुल निर्माणका लागि सम्झौता

0

काठमाडौं । भारत सरकारको अनुदानमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने पक्की पुल निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको उपस्थितिमा मंगलबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूताबासले उल्लेख गरेको छ ।

यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको पनि दूतावासले जानकारी दिएको छ । यसका साथै दूतावासले पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको पनि जनाएको छ ।

 

प्रकाशित: १८ माघ २०७८, मंगलवार १२:१५

Leave a Reply