No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसी सम्झौतासम्बन्धी कुनै गोप्य दस्तावेज छैनः एमसीए नेपाल

0

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपालले एमसीसी सम्झौता सम्बन्धी कुनै गोप्य दस्तावेज नभएको बताएको छ । एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गरी एमसीसी कम्प्याक्टसम्बन्धी गोप्य वा लुकाइएका दस्तावेजहरु प्राप्त भएको अर्थ लाग्ने भनाई विभिन्न संचारमाध्यममा आएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चारमाध्यममा देखिएको प्रति मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल)को गम्भीर ध्यानाकर्षण भएको छ । एमसीए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ।’

उसले एमसीए–नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनैपनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए–नेपालको पारदर्शिता प्रतिको प्रतिबद्धता विपरित हुने बताएको छ ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार १५:५८

Leave a Reply