No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इन्डो-प्यासिफिक रणनीति सिधै एमसीसीको अंग होइन नै !

0

राघबलाल वैद्य ।
१. Indo-pacific Strategy सिधै MCC को अङ्ग होइन नै ! तर Indo Pacific Strategy को Shared  vision report को पेज 13 मा Enhancing economic prosperity अन्तर्गत MCC मार्फत अर्बौं डलर Indo Pacific Strategy को Economic pillar को प्रयोजनको लागि भनेर परिचालित गरिएको ब्यहोरा दुई ठाउमा उल्लेख गरिएएको छ ! Indo Pacific Strategy को strategic shared vision मध्य साझेदारहरुको आर्थिक विकास, सुशासन, निर्बाध पहुचका अतिरिक्त सामरिक सुरक्षाको बिषय पनि रहेको छ र यसलाइ अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थ सङ्ग जोडिएको पाइन्छ ! अब अमेरिकी सामरिक सुरक्षा र उसको राष्ट्रिय सुरक्षा स्वार्थ बिपरित नहुने गरि चिन भारत लगायतका मित्र राष्ट्रहरु सङ्गको द्विपक्षिय सम्बन्ध र सरोकार हरु त्यो हदसम्म प्रभाबित  हुनुपर्ने त प्रष्टै भो नि लाग्छ !  त्यत्ती हो !

.अर्को तर्फ त्यसरि MCC को Governing कानून MCC Act 2003 (a) र सोही अनुसारको  मिलेनियम च्यालेन्ज सम्झौताको धारा ५ दफा५.१ (ख)(४)को ब्यबस्थाले अमेरिकी राष्ट्रिय सुरक्षा हित बिपरित्को कृयाकलापमा लागेको पाइएमा त्यस्तो MCC को CEO ले Board को सिफारिशमा MCC सम्झौता रद्द गर्न वा स्थगन गर्न सक्छ ! यसरि अरु राष्ट्र सङ्गको नेपालको सम्बन्ध अमेरिकी राष्ट्रिय स्वार्थ बिपरित नहुनेगरि परिचालित हुनुपर्ने जस्तो जोखिम बोकेर नेपालको आफ्नो राष्ट्रीय स्वार्थ त्यस अनुरुप परिचालित हुनुपर्ने बाध्यकारि स्थिति पनि टडकारै छ लाग्छ !

३. Board को अध्यक्ष Secretary of State हुन र यो MCC  राष्ट्रपतिको  कार्यकारिणि प्रसाशनको र कङ्ग्रेशको प्रत्यक्ष निगरानिमा रहन्छ ।अब यसलाइ कसले कसरी हेर्ने र व्याख्या गर्ने हो नजरिया आआफ्नै हो ! MCC को Indo  Pacific Strategy सङ्ग प्रत्यक्ष सम्बन्ध भने देखिन्न ! तर Indo Pacific  Strategy ले MCC लाई आफ्नो रणनैतिक बिधा मध्यको आर्थिक बिकास को प्रयोजनको लागि भनेर समेटेको भने पाइन्छ नै र यसरि MCC र Indo Pacific Strategy अन्तर्प्रभाबि देखिएका छन ! हुनत MCC आफु मौन रहेपनि Indo Pacific Strategy ले MCC लाइ समेटेकै हुदा र MCC अन्तर्गतको अन्य कतिपय अन्तर्ब्यहोराको बिबादहरु पनि आफ्नो ठाउमा छ ! यसलाइ झिनो र नजरअन्दाज गर्न सकिने बिषय मान्न सकिन्छर ! सान्सद र बिद्वानहरुले बेलाबखत त्यो बिबाद र असन्तुष्टि प्रसन्शनीय रुपमा उठाइरहनु भएकै छ !

.निचोड के होभने दातृ राष्ट्रको सामरिक र राष्ट्रिय  सुरक्षा हीतको सामु नेपालको स्वाधिन र स्वतन्त्र आन्तरिक तथा बाह्य सुरक्षा प्रणालि र आर्थिक विकासको  लागि छिमेकी राष्ट्र सङ्गको द्विपक्षिय सम्बन्धको प्रश्नले घुडा टेक्नु उचित हुन्छ या स्वाभिमानि अडान उचित हुन्छ भन्ने हो !अब हेरौं एकोहोरो MCC को रटान बलवति हुन्छ वा यसप्रतिको बिमति !

वरिष्ठ अधिवक्ता वैद्यको फेसबुकबबाट
प्रकाशित: १९ माघ २०७८, बुधबार १०:१४

Leave a Reply