No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षा योजनाबारे छलफल

0

काठमाडौं । केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो ।

बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

सुरक्षा निकायहरुबाट आवश्यक सुझाव लिएर अघि बढिने पनि उनले बताए । त्यस्तै बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल थियो ।

प्रकाशित: १९ माघ २०७८, बुधबार ११:१८

Leave a Reply