No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रतिगमनविरुद्ध बनेको सत्ता गठबन्धन कुनै हालतमा टुट्दैनः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बुधबार साँझ भएको भेटमा स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । यसअघि बुधबार दिउँसो पनि तीन नेताबीच भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्रीले दुई नेतालाई एमसीसीमा सुधार गर्नुपर्ने बुँदा दिन माग गरेका थिए ।

प्रकाशित: १९ माघ २०७८, बुधबार १५:५३

Leave a Reply