![](https://www.ujyaalonepal.com/wp-content/uploads/2022/02/273323035_247870947529912_8456696368543035515_n.jpg)
काठमाडौं । प्रहरीले काठमाडौँको भद्रकालीबाट नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । सडकमा सवारी जाँच गर्ने क्रममा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको छ । उनीमाथि प्रहरीवृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।