सिरियामा भएको भिडन्तमा परी कम्तीमा १० जनाको मृत्यु

२० माघ २०७८, बिहीबार ०७:५४

सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परी १० जना सर्वसाधारणको ज्यान गएको छ । त्यस क्षेत्रमा सिरियाको टर्कीस र कुर्दिस मिलिसियाका बीच भिडन्त भएको थियो । त्यसमा परेर १० सर्वसाधारणको ज्यान गएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर्कीस मिलिसियाका बीचमा भिडन्त भएको सिरियाली सरकारी समाचार समिति, सानाले जनाएको छ । सहरको बस्तीमा दुई पक्षका हतियारधारीका बीचमा दोहोरो गोली हानाहान भएको र त्यसमा सर्वसाधारण परेका बताइएको छ ।

उक्त सहरमा केही समयतादेखि हिंसा भइरहेको छ । यसरी हुने विभिन्न सशस्त्र समूहहरुका भिडन्तमा सर्वसाधारणले ज्यान गुमाउने गरेका पनि समाचारमा जनाइएको छ । यसरी सर्वसाधारणको ज्यान जाने कार्य यहँ चिन्ताजनक रहेको सिरियाका मानवअधिकारवादीहरुले बताउने गरेका छन् ।