संसद् लामो समय अवरुद्ध भए प्राप्त उपलब्धि गुम्ने खतरा : अध्यक्ष केसी

२० माघ २०७८, बिहीबार १६:०८
दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन् । उनले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो नभएको उल्लेख गरे । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा आज दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ल्याउने सर्तमा गठबन्धन कायम राख्न नसकिने अध्यक्ष केसीको भनाइ थियो ।