No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने अनेरास्ववियुकाे माग

0
काठमाडाैँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गर्दै आज त्रिचन्द्र क्याम्पस अगाडिको सडकमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान ३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । बाह्य हवाई इन्धनको मूल्य १०० डलर प्रतिकिलोलिटर वृद्धि गरेको थियो । मूल्यवृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल रु १४२, डिजेल र मट्टितेल रु ११५ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धनको मूल्य १० रुपैयाँ बढाएर प्रतिलिटर ११६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य १०० डलरले बढाएर प्रतिकिलोलिटर एक हजार ९५ डलर निर्धारण गरेको छ ।
प्रकाशित: २० माघ २०७८, बिहीबार १६:४४

Leave a Reply