नेपाल राष्ट्र रक्षक महासंग्रामद्वारा न्यानाे कपडा वितरण

२० माघ २०७८, बिहीबार १६:३७

नेपाल राष्ट्र रक्षक महासंग्राम अभियानले सर्लाहीको हरिवनमा ताईवान् बस्ती १० मा र कोकसिल बस्ती ६ मा न्यानो कार्यक्रम सम्पन्न  गरेके छ । राजधानीबाट न्यानो लिएरताइवान बस्ती र कोकसिल बस्तीका विपन्न नागरिकहरूलाइ जाडोका लागि न्यानो लत्ताकपडा बितरण गरिएको नेपाल राष्ट्र रक्षक महासंग्रामका संयोजक एसपी शाह सारथिले जानकारी दिनु भयो । महासंग्रामले गरेको सहयोगबाट त्याँहाका नागरिक अति उत्साहित रहेको संयोजक शाहले बताउनु भयो । उहाँले राज्यको ध्यानाकर्षण त्यस्ता नागरिक तिर जाअोस भन्नेमा पनि जोड दिनु भयो ।