No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्वीडेनले कोभिड नियन्त्रणका लागि लगाइएका सबै प्रतिबन्ध हटाउने

0

कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि स्वीडेनमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ । अरु युरोपेली मुलुकहरुमा जस्तै स्वीडेनमा पनि प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिइन् ।

“देशमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु अब हटाउने बेला भएको छ, अब स्वीडेन पुरै खुल्ला हुनेछ,” उनले भनिन् । उनका अनुसार यही फेब्रुअरी ९ देखि लागु हुनेगरी सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो ।

प्रकाशित: २० माघ २०७८, बिहीबार १७:५९

Leave a Reply