No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शासन गर्ने शैली

0

केशवप्रसाद भट्टराई ।
१. बडामहाराज पृथ्वीनारायण शाहकै समकालीन हुन्–रूसी साम्राज्ञी क्याथराइन दी ग्रेट । क्राइस्ट, नेपोलियन र प्रशिद्ध आधुनिक सङ्गीतकार रिचार्ड वेग्नर पछि उनका बारे जति अरू कसैकाबारे नलेखिएका बताइन्छ । शासन संचालनमा असक्षम आफ्ना पति पिटर तृतीयले राजगद्दी परित्याग गरेपछि उनले रूसी साम्राज्यको शासनभार सम्हालिन ।

विश्वव्यापी प्रभुत्वकोलागि पहिलो भूमण्डलीय युद्ध भनेर चिनिने बेलायत र फ्रान्स वीचको सप्त वर्षीय युद्ध, अमेरिकाको स्वतन्त्रता, फ्रान्सको राज्यक्रान्ति जस्ता उथल–पुथलको अवधिमा, रूस भित्रका पनि अनेकौँ बिद्रोहहरूका वीच उनले कुशलतापूर्वक रूसको नेतृत्व गरिन र रूसी साम्राज्यको विस्तार र एकीकरण पनि गरिन् । विशाल शक्तिशाली रूस खडा गरिन् । शासन सुधारका अनेकौँ नीति र कार्यक्रमहरूको सफल संचालन गरिन् । शिक्षाको क्षेत्रमा उनका सुधारहरू उल्लेखनीय मानिन्छन् । ज्ञान, विज्ञान, कला, संस्कृतिहरूको विकासमा पनि उनको शासनकाल अभूतपूर्व रह्यो । उनले शिक्षा र अन्य सामाजिक र. राजनीतिक विषयहरूमा पुस्तकहरू पनि लेखेकी छिन् । उनका व्यक्तिगत जीवनबारे धेरै राम्रा –नराम्रा कुराहरू लककखिएका छन् तर उनका विराट र महान शासकीय उपलव्धिहरूका बारेमा खासै कसैको विमति छैन ।

२. मूल कुरो, साम्राज्ञी क्याथराइनको शासनगर्ने शैली । उनी राष्ट्रका विभिन्न क्षेत्र र वर्गका व्यक्तिहरूसँग नियमित भेटघाट र छलफल गर्थिन् । रूस र रूस बाहिरका ठूला ठूला वैज्ञानिक, दार्शनिक, विचारक, चिन्तक, साहित्यकार, कलाकारहरूसँग निरन्तर पत्राचार गर्थिन् । दुई सय भन्दा बढी त्यस्ता व्यक्तिहरूसँग त उनी आफैँ पत्र लेख्ने गर्थिन् , करीव अढाई सय त्यस्ता व्यक्तिहरूलाई उनका सहयोगीहरूले उनको तर्फबाट पत्राचार गर्थे र त्यसको उनी आफैं अनुगमन गर्ने गर्थिन् । तत्कालीन रूस र युरोपका राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिक विज्ञ, चिन्तक, विचारकहरूसँग नियमित भेटघाट, विचार–विमर्श र छलफल गर्थिन् । प्राप्त सुझाव र निष्कर्षका आधारमा शासनका नियम , नीति र कानुन निर्माण गराउँथिन् । शासन चल्थ्यो ।

उदाहरणको लागि फ्रान्सको राज्य क्रान्ति पछाडिका मूख्य वैचारिक नेताको रूपमा चिनिएका रूसो, भोल्टेयर, दिदेरो जस्ता व्यक्तिहरू उनको नियमित पत्राचारको सम्पर्कमा थिए । क्याथराइनका त्यस्ता पत्रहरू मध्ये छानिएका पत्रहरूको संकलन समेत प्रकाशित छ । फ्रान्सका विख्यात लेखक, दार्शनिक, चिन्तक, सम्पादक दिदेरो उनकै अनुरोधमा उनलाई राजकाज संचालनमा परामर्श दिन रूस आएका थिए । साताको हरेक तेस्रो –तेस्रो दिनमा उनले दिदेरोसँग नियामित प्रशिक्षण लिन्थिन् । डेनिस दिदेरो कुनै विषयमा केही समय लेक्चर दिन्थे, उनी नोट तयार गर्थिन, त्यसपछि प्रश्नोत्तर हुन्थ्यो र ती प्रश्नोत्तरहरूबाट दिदेरो स्वयम्पनि लाभान्वीत हुने गर्थे । क्राइस्ट, नेपोलियन र प्रशिद्ध आधुनिक सङ्गीतकार रिचार्ड वेग्नर पछि उनका बारे जति अरू कसैका बारे नलेखिएका बताइन्छ ।

३. क्याथराइनसँग राजकाजका मामिलामा गुनासो गर्ने, असन्तुष्टि व्यक्तगर्ने मानिसहरू थिए । देश भित्र पनि थिए र विदेशमा पनि थिए । गुनासो र असन्तुष्टि लेखेर पनि हुन्थ्यो र भेटेर पनि ।
तर उनी त्यसकोलागि समय दिन्थिन् ,समय दिएर सुन्थिन्, पत्र लेख्नेलाई पत्रद्वारा उत्तर पनि दिने गर्दथिन् ।

४. एक पटक कुनै मामिलामा दिदेरो उनीसँग असन्तुष्ट रहे । राजकाजमा. साम्राज्ञी अलि बढी नै व्यस्त थिइन् , दिदेरोसँग भेटघाट भएन, प्रशिक्षण पनि अवरूद्ध थियो । दिदेरोका असन्तुष्टिहरू रूस र अन्य मुलुकबाट निस्किने अखवारहरुमा पनि छापियो ।
५. त्यसपछिको भेटमा दिदेरोले त्यस्तै कुरा राखे–थप सुधारका प्रस्ताव राखे । क्याथराइनले हाँसेर भनिन् – हेर्नोस् मित्र ! तपाइँको विरोध र असन्तुष्टिमा मेरो उच्च सम्मान छ । म त्यसलाई बुझ्दछु । त्यसको औचित्यमा मेरो विमति छैन । तर मेरा सीमा छन् र शायद त्यो तपाइँ बुझुहुन्न । तपाइँले पनि देख्नु–बुझ्नु भएकै छ–एउटै कुरालाई एउटाले हुन्छ भन्छ, अर्कोले हुन्न भन्छ । राजकाजमा हुन्छ र हुन्न भन्ने वीचको बाटो पहिल्याउन र निर्णयगर्न अत्यन्त कठिन र जटील हुन्छ ।

खतरनाक र घातक पनि हुनसक्छ । तर लेखनमा त्यो हुँदैन । तपाइँहरूलाई सजिलो छ–सफा, चिल्लो कागजमा राम्रो कलमले सरर लेख्नुहुन्छ । तपाइँको कलम विरूद्ध कागज बोल्दैन, कलमलाई कुनै बाधा पुर्याउँदैन, विरोध गर्दैन ,असन्तुष्टि पोख्दैन, विद्रोहमा उत्रिदैन ।
तर म विचरी क्याथराइन मेरो कलम भनेको तरवार हो, दण्ड विधान हो, दण्ड व्यवस्था हो ।

तरवाररूपी कलम छ र मेरो कापी भनेको मानिसको शरीरको चर्म हो, अत्यन्त संवेदनशील मन हो , उनीहरूको मुटु हो । अव त्यो अति संवेदनशील छाला, मन र मुटुमा. तरवारले लेख्ने चुनौती बोकेकी म विचरीका सीमा कसरी बुझाउँ म तपाइँलाई ? आज भन्दा अढाई सय वर्ष अघि दुनियामा यसरी शासन हुथ्यो । हामी किन पछि ? यो प्रश्नको उत्तर पानीमाथिको सन्दर्भहरूमा भेट्न सकिन्छ ।

प्रकाशित: २१ माघ २०७८, शुक्रबार ०५:३८

Leave a Reply