प्रधानमन्त्रीको प्रेस प्रमुखमा गोविन्द परियार

२१ माघ २०७८, शुक्रबार ०९:५४
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गरेकाे उनको सचिवालयले जनाएको छ । परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहेका बेला प्रेस संयोजक भएर काम गरेका थिए । गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आएका थिए ।