No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हुम्लामा हिमपात, जनजीवन कष्टकर

0
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । बिहीबार बेलुकादेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको हो । सदरमुकाम सिमकोटमा झन्डै दुई फिटभन्दा बढी हिउँ जमेको छ भने आवतजावतमा समस्या भएको छ । हिमपातले सदरमुकामवासीलाई समेत समस्या बनाएको छ । आज शुक्रबार पनि निरन्तर हिमपात हुँदा वृद्ववृद्वा, बालबालिकालाई चिसोले सकस बनाएको छ । दुई दिन लगातार हिमपात हुँदा हवाई सेवासमेत अवरुद्ध भएको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । बाक्लो हिउँ जम्दा एक गाउँबाट अर्को गाउँसम्म जान पनि कठिनाइ बनाएको छ । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन थप कष्टकर बनेको छ । उत्तरी भेगमा झन्डै पाँच फिटसम्म हिउँ जमेको छ । यारी, मुचु, हिल्सा, लिमी, न्यालु, ताङ्गिन लगायतका गाउँमा बाक्लो हिउँ जमेको छ भने निरन्तर हिमपात भइरहेको छ । यस्तै बिहीबार साँझदेखि विद्युत् सेवासमेत अवरुद्ध बनेको छ । इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । सिमकोटमा बाक्लो हिउँ जम्दा थप समस्या बनाएको छ ।
प्रकाशित: २१ माघ २०७८, शुक्रबार १०:०९

Leave a Reply