No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डडेल्धुरामा हिमपात : जनजीवन कष्टकर, यातायात सेवा प्रभावित

0
डडेल्धुरा । बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण तराईपहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ । बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गहरुमा सयौँ यात्रु अलपत्र परेका छन् । मौसम बदली भई लागातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र परेका हुन् । हिमपातका कारण भीमदत्त राजमार्गको साउखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा यात्रुहरु कष्टकर जीवनयापन गरिरहेका छन् । हिमपातले बन्द रहेको राजमार्ग खुलाउन स्थानीय तहका डोजर प्रयोग गरिएको छ । जिल्लाको उच्च लेकाली भाग अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात भएको छ । लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको स्थानीयवासीको भनाइ छ । निरन्तर हिमपात भई नै रहेको छ । याततयात पुनः सञ्चालन गर्नका लागि डोजरको प्रयोग भए पनि बाटो खुलाउन भने सहज नभएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए । तीन वर्षपछिको भारी हिमपात हुँदा डडेल्धुरामा स्थानीयवासी रमाउन थालेका छन् । बिहानदेखि हिउँसँग खेल्नेको भीडले हिउँ परेका क्षेत्र भरिभराउ छन् । गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले पुनः चिसो बढेको छ । हिमपातसँगै उच्च लेकाली भेगसहित जिल्ला सदरमुकाम क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासी प्रेमबहादुर महरले बताए । लगातारको हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँमा रमाउने युवायुवतीहरुको ताँती छ । हरेक वर्ष हुने हिमपातलाई पर्यटनका रुपमा डडेल्धुरालाई चिनाउन सके हिमपातको समयमा भारतीय तथा नेपाली पर्यटक तान्न सकिने स्थानीयवासी महरको भनाइ छ । हिमपातले जनजीवन कष्टकर भए पनि कृषक भने हर्षित छन् । हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन् ।
प्रकाशित: २१ माघ २०७८, शुक्रबार १०:३३

Leave a Reply