No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

श्रीलङ्कामा एक महिनाभित्र आठ हजारभन्दा बढी डेंगुका विरामी भेटिए

0

श्रीलङ्कामा सन् २०२२ मा डेंगु भाइरसका आठ हजार ३०३ भन्दा बढी बिरामी दर्ता भएका छन् । जसमध्ये जनवरीमा सात हजार ७०२ जनामा डेङ्गु सङ्क्रमण भएको स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी शुक्रबार जानकारी दिएका छन् ।

गत वर्षको पछिल्लो समय तुलना गर्दा डेंगु भाइरसको खतरा घट्दै गएको भए पनि आगामी साउन महिनासम्म सङ्क्रमण जारी रहने र त्यसपछि मध्यम स्तरमा रहने राष्ट्रिय डेंगु नियन्त्रण एकाइबाट शिलान्थी सेनेभिराट्नेको भनाइ उद्धृत गर्दै स्थानीय दैनिक मिररले जनाएको छ ।

सेनेभिराट्नेले भने, “पश्चिमी प्रान्तबाट सबैभन्दा धेरै अर्थात् कूल सङ्क्रमणको ४२ प्रतिशत सङ्क्रमित भेटिएका छन् । डेंगु ज्वरोका लक्षणहरूमा उच्च ज्वरो, अनियन्त्रित बान्ता, पेट दुख्ने वा चक्कर लाग्ने जस्ता समस्या देखापर्ने र यी लक्षणहरू देखिएमा तुरुन्तै चिकित्सा सेवा लिन चिकित्सा विशेषज्ञहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित: २१ माघ २०७८, शुक्रबार १५:१९

Leave a Reply